काष्ठमंदपको छानामा झिंगती छाउने काम सुरु

 काठमाडौँ।   काष्ठमंदपको माथिल्लो तल्लाको छानामा माटो मुसेर लेदो बनाई झिंगती, कुंपा राख्ने काम सुरु भएको छ।
पुनः निर्माण भैरहेको काष्ठमण्डपमा आइतबार बाट झिंगती छाउने काम अगाडी बढेको हो। काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले यसै महिना छाना छाउने काम पुरा हुने बताउनु भयो। अन्तिम चरणको काम लगातार भैरहेकोमा गजुर राख्ने र तल्लो भुइँ तल्ला चार कुन्नामा रहेको बुर्जामा कलात्मक बार्दली लागे तेली इट्टा बिच्छाउने काम पनि तत्काल सुरु गरिने शाक्यले बताउनु भयो।

सातौं शताब्दीमा बनेको काष्ठमण्डपको इतिहास प्रसिद्ध तान्त्रिक लीलाबज्र बज्राचार्य संग कुनै न कुनै सम्बन्ध रहेको बिस्वास गरिन्छ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको थियो ।काठमाडौ महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निका लागि काष्ठमण्डप पुनः निर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख उपलब्ध गराइ सकेको छ। संयोजक शाक्यले सातौँ शताब्दीकै शैलीको प्रविधि प्रयोग गरेर काष्ठमण्डप पुनर्निर्माण भैरहेको भन्दै माटो, इँटा र काठ पनि पुरानै शैलीका प्रयोग भएको जानकारी दिनुभयो ।

 

Loading...