अध्क्षय ओलीलाई फुटबलको ‘ पेले ’ नाम राखेका कृष्ण गोपालले माधव नेपाललाई राखिदिए यस्तो नाम

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीलाइ निवर्तमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री हुँदाका पालामा फुटबलका बिश्व चर्चित खेलाडीका पेले उप- नाम दिएर निकै चर्चा
बटुलेका थिए। अध्क्षय ओली प्रसंशा गरि पेले नाम दिएका श्रेष्ठले एमाले पार्टी बिभाजनमा मुख्य भूमिका रहेको भन्दै माधव नेपाललाई भने भिन्नै नयाँ नाम दिएका छन् ।

काठमाडौं, क्षेत्र नं ९ र १४ नम्बर वडा पार्टी कार्यालयको संयुक्त उदघाटनमा बोल्दै श्रेष्ठले एमाले पार्टी फुटाएर माधव नेपालले नयाँ पार्टी खोले पछि माधव नेपाललाई ‘बिषालु सर्प’को उपमा दिएका छन् । एमाले बिभाजन गरेका माधव नेपाल प्रति आक्रेस पोख्दै श्रेष्ठले विषालु सर्प भन्दै माधव नेपाल माथी रिस पोखेका हुन् ।

श्रेष्ठले प्रचण्डलाई मान्छे नमारी भातसमेत नरुच्ने मान्छे भने । उनले प्रचण्डबारे भने, ‘मान्छेको हत्या नगरी भातसमेत नरुच्ने मान्छेलाई पार्टी अध्यक्ष स्वीकार्ने काम भयो, त्यो गलत थियो ।’ प्रचण्ड बाहिरिएको भन्दै त्यसले ठिक भएको बताए ।

श्रेष्ठले माधव नेपाललाई ‘विषालु सर्प’ को संज्ञा दिए । उनले विषालु सर्प बाहिरिएकाले अब एमाले शुद्ध हुने बताए । विषालु सर्प एमालेबाट बाहिरिएको छ, अब एमाले शुद्धीकरण भई सशक्त रुपमा बढ्ने बताए ।

Loading...