‘कमेडी च्याम्पियन’ प्रतिष्पर्धी भरतमणिलाई कोरोना, क्लोज क्याम्पमा आइसोलेट

काठमाडौं । टेलिभिजन शो ‘कमेडी च्याम्पियन’मा निर्णायक र दर्शकले मनपराएका प्रतिष्पर्धी भरतमणि पौडेललाई कोरोना संक्रमण भएको छ । अघिल्लो हप्ताको बुधबार उनलाई कोरोनाको लक्षण देखिएपछि गत साता परीक्षण गराएका थिए । उनलाई आइतबार कोरोना पोजेटिभ देखिएको हो ।

भरतमणिका अनुसार कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘म अहिले च्याम्पियनकै क्लोज क्याम्पमा आइसोलेट छु । स्वास्थ्यमा केही समस्या देखिएको छैन’, उनले भने ।

कोभिड संक्रमण भएपछि भरतमणि उत्कृष्ट ७ को प्रतिस्पर्धामा देखिएका थिएनन् । ताप्लेजुङका भरतमणि शोमा सर्वाधिक रुचाइएका प्रतिष्पर्धीमा पर्दछन् ।

Loading...