पुष्पलाल (मध्यपहाडी) राजमार्गका तत्कालीन योजना प्रमुख सहित पाँच जना विशेष अदालतमा मुद्दा दायर

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ६८ लाख ९३ हजार ७७८ बराबरको भ्रष्टाचार गरेको अभियोगमा पुष्पलाल (मध्यपहाडी) राजमार्गका तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो राजमार्ग अन्तर गत पर्ने खोटाङ जिल्लास्थित चेनेज ४२ देखि ८८ प्लस ५०० खोटाङखण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार काम नगरेको भन्ने उजुरीका आधारमा आयोगले छानबिन गरेको थियो। छानबिन पछि गलत विवरण तयार पारी बिल तयार पार्ने र भुक्तानी दिएर राज्यको स्रोतको दुरुपयोग गरेको पाइएका कारण आरोप सहित उनीहरु बिरुद्द आयोगले आज मुद्दा दाएर गरेको हो।

ठेक्काका निर्माणस्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी भेरिएसन हुनुपर्नेभन्दा फरक व्योहोरोको विवरण पेश गरिएको उल्लेख गर्दै आयोगले इष्टिमेटविपरीत काम गराएको अनुसन्धानबाट खुलेको आयोजले जानकारी दिएको छ ।

Loading...