४८ घण्टा भित्र विदेशजानेका लागि मात्र खोप कार्ड प्रमाणीकरण गर्ने

काठमाडौँ। विदेश जानेका लागि खोप कार्ड प्रमाण पत्र लिन निकै भिड बदेपछी सरकारले खोप कार्ड ब्यबस्थित गर्ने भएको छ। काठमाडौँको टेकुमा रहेको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा मात्र खोप कार्ड प्रमाणीकरण हुदै आएकोमा अब अन्य अस्पतालहरु बाट पनि प्रमाणीकरको ब्यबस्था मिलाउन लागिएको हो।
स्वास्थ्य सेवाबिभाग परिवार कल्याण महाशाखाका निर्देशक तारानाथ पोख्रेलका अनुसार अन्य स्वस्थ केन्द्र पनि नेपाली तथा अंग्रेजी दुवै भाषामा विवरण भरि खोप कार्ड प्रण पत्र उपलव्ध गराउने भएका छन्।
स्वास्थ्य केन्द्रमा कोविड बिरुद्दको खोप लगाई सके पछि दिने गरेको खोप कार्डमा नेपाली भाषामा मात्र लेखिए पछि बिदेशमा यस्को मान्यता पाउन सम्भावना नहुदा अंग्रेजीमा प्रमाणीकरण गर्न घन्टौ लाइन बस्न परेको हो। तीन महिना पछि विदेश जानेहरुले पनि अहिलेनै प्रमाणीकरणका लागि खोप केन्द्र आइदिदा अत्यधिक भिड बढ्न गएको र सहजीकरणका लागि ४८ घण्टा भित्र विदेश जानेका लागि खोप कार्ड प्रमाणीकरणको ब्यबस्था गर्दै थप काउन्टर तथा अन्य अस्पताल हरुमा ब्यबस्था गरिने टेकु अस्पताले जनाएको छ।
बिहिबार सो अस्पतालबाट १४ शय भन्दा बादीले प्रमाणीकरण लिएका थिए। 

Loading...