एमाले नेपाल समुह द्वारा पिपल्स भोलेन्टियरको घोषणा

 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ युवा समूह युथ भोलेन्टियर गठन भएको घोषणा गरेका छन्। कार्यक्रममा नेता नेपालले शिव श्रेष्ठको संयोजकत्वमा बिहिबार एक हजार एक सदस्यीय युथ भोलेन्टियर गठन भएको घोषणा गरेका हुन्।

केपी ओली समूहको युवा संघले युथ फोर्स ब्युँताएपछि माधवकुमार नेपाल समूहले पनि क्रमश
अखिल फोर्स र पिपल्स भोलेन्टियर तयार पारिएको सहज अनुमान गरिएको छ ।

नवगठित समूहले ओली समूहको युथ फोर्सले जस्तै अराजक, आपराधिक र अनुशासनहीन काम नगर्ने वचन दिए। गठित समूह सचेत युवाहरुको संगठन भएकाले अन्याय, अत्याचार, भ्रष्टाचार, विभेदविरुद्ध आँधीसरह खटिने दावी नेपाल समूहको युवा संघका केन्द्रीय अध्यक्ष नरेशकुमार शाहीले प्रतिवद्दता जनाए ।

यसअघि नयाँ बनेको युवा समूह पिपल्स भोलेन्टियरमा आवद्ध युवाहरुले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई काठमाडौंको कोटेश्वरदेखि मोटर साइकल र्यालीले स्कर्टिङ गर्दै भक्तपुरको सूर्यविनायकस्थित कार्यक्रमस्थल थापा पार्टी प्यालेससम्म पुर्याएका थिए।
घोषित पिपल्स भोलेन्टियरको सचिवमा मनोज खत्री रहेका छन्। त्यस्तै यसलाई युवा संघ नेपालको तर्फबाट नेतृत्व गर्न सन्दीप राईलाई इन्चार्ज तोकिएको छ।

Loading...