९ गते काठमाडौँमा युथफोर्सले सरकार बिरुद्द मार्चपास गर्ने

निवर्तमान प्रधान मन्त्री केपी शर्मा ओली निकट युवा दस्ता युथफोर्सले ९ गते शनिवार गठबन्धन सरकार बिरुद्द मार्चपास गर्ने भएको छ।

सो पार्टी निकट राष्ट्रिय युवा संघ नेपाल र युथफोर्स कमान्डरहरुको बुधबार भएको संयुक्त भेलामा केन्द्रिय उपाध्यक्ष क्षितिज थेवेले वर्तमान सरकारको गठबन्धलाइ गार्वेज ग्याङ्ग मोडलको रुपमा रहेको बताए। बिशाल मार्चपासले गठबंधन सरकारको मुटु काप्नुका साथै युथफोर्सले सभ्यताको पहिचान दिने उनको भनाइ रहेको छ ।
बुधबार नै काठमाडौ क्षेत्र नं ८ र ९ ले युथ फोर्स कमाण्डर घोषणा गरेको छ। क्षेत्र नं ८ बाट १९ र क्षेत्र नं ९ बाट २५ गरि ४४ जना कमाण्डर घोषणा भएको हो। प्रत्येक कमान्ड मार्फत २०/२० जना गरी श्रावण ९ गते उपत्यका युथ फोर्स घोषणा सभामा ४४ जना कमान्डर मार्फत ८८० जना युवा हरु युथ फोर्समा आबद्ध हुने जनाएको छ ।

Loading...