पार्टी खारेजीको माग गर्दै पुर्ववालाहरुको हरकत हास्यास्पद : माओवादी केन्द्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले माओवादी केन्द्र खारेजीको माग गर्दै हिड्ने हरुको हर्कत हास्यास्पद भएको बताएको छ । नेकपा एमालेमा गएका पुर्व माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको बिषयमा माओवादी केन्द्रले उनीहरुको हर्कलाइ हास्यास्पद गतिविदी बताएको हो ।

माओवादी केन्द्रबात कारवाही गरेका नेताहरुले पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोग गएपछि आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ । संविधान, कानुन, विधि, विधान विपरित दुष्प्रचार गरिएकोमा पार्टीका सम्पूर्ण अंग नेता कार्यकर्ता, शुभचिन्तक भ्रममा नपर्न आग्रह गर्दछौं ।”

माओवादी केन्द्र संग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजी सम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद रहेको मूवादी केन्द्रले जनाएको छ।

 माओवादी केन्द्र अवैधानिक भन्दै उजुरी दर्ता गराएका नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापालगायत पुन्ह ताकेता गर्न आज आयोग पुगेका थिए ।

Loading...