‘ फ्रन्टलाइनरको ’ भित्तेचित्र मेटाएका मेयर शाक्यले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उहाँले यस्तो बताएका हुन् । शाक्यले कोहि पनि नीति बाहिर जानुनहुने , अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लङ्घन गर्न नपाइने बताए । उहाले कोविड फ्रन्टलाइनरहरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको र कार्टुन बनाएर आफ्नो प्रचार गरिएकोमा व्यक्तिगतरुपमा धन्यवाद दिएका छन्। शाक्यले भने ‘सकारात्मक सुझाव ग्रहण गर्न तयार छु,सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होडिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको स्मरण गराउन चाहन्छु । ०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउन आदेश दिएको थियो । महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ । सर्वोच्चको आदेशलाई कार्यान्वय गर्दै विगतमा पनि त्यस्ता सागम्री हटाउने कार्य गरेको स्मरण गराउन चाहन्छु,’ उहाँले भन्नुभयो, ‘पैसा तिरेर विज्ञापन राख्छौँ भन्दा पनि हामीले सर्वोेच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको हो । त्यसबाट आयस्रोत त हुन्थ्यो नि हामीले नीति छैन भनेर दिएनौँ ।’
रत्नपार्कको आकाशे पुलको पर्खालमा कलाकारहरू सांगे थिन्ले लामा, सुमिना श्रेष्ठ, किपा शेर्पा, विशाल महर्जनले ‘फ्रन्टलाइनर्स’हरुको सम्मान स्वरूप बनाएको चित्र गएको बुधबार महानगरले मेटाए पछि मेयर शाक्यको बिरोध गर्दै लेखिएको नारालाई महानगरले हटाएको थियो ।

 

Loading...