भन्सार छली ल्याईएका गाडीको नक्कली सवारी दर्ता किताब बनाई कारोबार गर्ने पक्राउ

काठमाडौँ। भन्सार छली नक्कली सवारी दर्ता किताब बनाई कारोबार गर्ने ब्यक्तिहरु पक्राउ परेका छन्। सोमबार महानगरीय अपराध महाशाखाले भंसार छली चारपाङग्रे सवारी साधन काठमाण्डौ भित्र्याई बिक्री बितरण भइरहेको गोप्य सुचनाका आधारमा खोजि गर्दै जादा कमल बाबु पुरी भनिने कमल बाबु भट्टलाई पक्राउ गरेको हो। गोपीकृष्ण हल नजिक पक्राउ परेका भट्ट ग ३ च १४६२ र नम्बर प्लेट भएको Silver Color को हुण्डाई कम्पनीको क्रेटा कार कारमा सवार थिए।

प्रहरीले थप सोधपुछ गर्दा निजले अर्को क्रेटा गाडी भक्तपुर बस्ने अरुण खड्का, मधु सिलवाल र बिशाल खड्काको ग्रुपले बिक्रि गर्न राखेको बताए। प्रहरीको टोलिले कमल बाबु पुरीबाट उक्त गाडी खरिद गर्ने बाहाना बनाई सम्पर्क गर्न लगाउदा गाडी किनबेचको कुरा मिलाई भक्तपुर जिल्ला सुर्यविनायक न.पा वडा नं. ६ गणेश मन्दिर छेउबाट प्रदेश ३-०१०२४ च ०२५३ नम्वर प्लेटको सेतो क्रेटा कार र उक्त कारमा सवार अरुण खड्का, मधु सिलवाल समेतलाई पक्राउ गर्न सफल भए। नियेंत्रणमा लिइएका दुबै सवारी दर्ता किताब निज अभियुक्त कमल बाबु पुरीको नाममा रहेको देखिए पछि सो सम्बन्धमा निजसंग सोधपुछ गर्दा रेवती रमण निरौलाले यस्ता ब्लुबुक बनाईदिने गरेको र निजसँग भएका ब्लुबुकहरु समेत निजले बनाई दिएको बताए।
प्रहरीले निजको सहयोगमा शान्तिनगर स्थित डेरा कोठा बाट रेवती रमण निरौलालाई नियेंत्रण गरि उनका साथमा बात बिभिन्न सरकारी कार्यालयका छाप, बिश्वबिद्यालयका छाप, यातायात ब्यबस्था कार्यालयका छाप लगायत जम्मा १९१ वटा स्टाम्प (छाप) लगायत बिभिन्न शैक्षिक संस्थाका प्रमाण पत्रहरु, सवारी चालक अनुमती पत्र लगायतका कागजातहरु प्रहरी टोलीले बरामद गरेको छ । बरामद भई आएका सवारी साधनको प्रचलित बजार मुल्य प्रति कार ७० लाख का दरले करिब १ करोड ४० लाख रुपैँया रहेकोमा निजहरुले प्रति कार ४५ लाखका दरले ९० लाखमा बिक्री गर्नका लागि राखिएका थिए ।
साथै उक्त नक्कली कागजातहरु बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा समेत दुरुपयोग भएको हुनसक्नेतर्फ समेत थप अनुसन्धान भईरहेको महाशाखाको भनाइ छ ।

पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाण्डौमा पठाईएको र निजहरुले भन्सार छली सवारी साधन चोरी पैठारी गरि ल्याउने गरेको पाईएको हुँदा निजहरुलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा समेत अनुसन्धान भैरहेको महाशाखाले जनाएको छ ।

 

Loading...