भन्सार छलीको ल्याइएका गाडीको सवारी दर्ता किताब नक्कली, गिरोह पक्राउ

काठमाडौँ। भन्सार छली नक्कली सवारी दर्ता किताब लगायतका किर्ते कागजात बनाउने गिरोह पक्राउ परेका छन्। सोमबार भंसार छली चारपाङग्रे सवारी साधन काठमाण्डौ भित्र्याई बिक्री बितरण भइरहेको गोप्य सुचनाका आधारमा ग ३ च १४६२ र नम्बर प्लेट भएको Silver Color को हुण्डाई कम्पनीको क्रेटा कार का.जि.का.म.न.पा वडा नं. ७ गोपीकृष्ण हल नजिक फेलापारी उक्त कारमा सवार कमल बाबु पुरी भनिने कमल बाबु भट्टलाई पक्राउ गरी थप सोधपुछ गर्दा निजले अर्को क्रेटा गाडी भक्तपुर बस्ने अरुण खड्का, मधु सिलवाल र बिशाल खड्काको ग्रुपले बिक्रि गर्न राखेको भन्ने खुलाई दिएकोले कमल बाबु पुरीबाट उक्त गाडी खरिद गर्ने बाहाना बनाई सम्पर्क गर्न लगाउदा गाडी किनबेचको कुरा मिलाई भक्तपुर जिल्ला सुर्यविनायक न.पा वडा नं. ६ गणेश मन्दिर छेउबाट प्रदेश ३-०१०२४ च ०२५३ नम्वर प्लेटको सेतो क्रेटा कार र उक्त कारमा सवार अरुण खड्का, मधु सिलवाल समेतलाई पक्राउ गरिएको, दुबै सवारी दर्ता किताब निज अभियुक्त कमल बाबु पुरीको नाममा रहेको देखिएकोले सो सम्बन्धमा निजसंग सोधपुछ गर्दा रेवती रमण निरौलाले यस्ता ब्लुबुक बनाईदिने गरेको र निजसँग भएका ब्लुबुकहरु समेत निजले आजै बनाई दिएको, निजको सहयोगमा रेवती रमण निरौलालाई पशुपती मन्दिर परिसरबाट अं. २०: ३० बजेको समयमा प्रहरी टोलीले पक्राउ गरी निज बस्ने शान्तिनगर स्थित डेरा कोठा समेत खानतालासी गर्दा कोठाको स्टिलको दराजबाट बिभिन्न सरकारी कार्यालयका छाप, बिश्वबिद्यालयका छाप, यातायात ब्यबस्था कार्यालयका छाप लगायत जम्मा १९१ वटा स्टाम्प (छाप) लगायत बिभिन्न शैक्षिक संस्थाका प्रमाण पत्रहरु, सवारी चालक अनुमती पत्र लगायतका कागजातहरु प्रहरी टोलीले बरामद गरी ल्याएको। साथै बरामद भई आएका सवारी साधनको प्रचलित बजार मुल्य प्रति कार ७० लाख का दरले करिब १ करोड ४० लाख रुपैँया रहेकोमा निजहरुले प्रति कार ४५ लाखका दरले ९० लाखमा बिक्री गर्न लागि रहेको समेत खुल्न आएको र बरामद भएका शैक्षिक प्रमाण पत्रहरु, सरकारी छापहरु छपाई तथा निर्माण गर्ने संस्था एवं व्यक्ति बारे आवश्यक अनुसन्धान भईरहेको । साथै उक्त नक्कली कागजातहरु बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरुमा समेत दुरुपयोग भएको हुनसक्नेतर्फ समेत थप अनुसन्धान भईरहेको ।
पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाण्डौमा पठाईएको र निजहरुले भन्सार छली सवारी साधन चोरी पैठारी गरि ल्याउने गरेको पाईएको हुँदा निजहरुलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसुरमा समेत अनुसन्धान भैरहेको ।

Loading...