बाढी पहिरो प्रभावितको उद्दार र राहतमा जुट्न कर्येकर्ताहरुलाई विप्लवको निर्देशन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीक महासचिव विप्लवले बाढी पहिरो प्रभावितको उद्दार र राहतमा जुट्न आफ्ना कर्येकर्ताहरुलाई अपिल गरेका छन्। विप्लवले बुधबार बिज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिका कारण देशव्यापी रुपमा बाढी पहिरो र डुवानबाट ज्यान गुमाउनेहरु प्रति हार्दिक स्रदान्जली अर्पण गरि मृतक परिवार र आफन्तजन प्रति समवेदना वक्त गरेका छन्।
यसै गरि घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै विप्लवले विपतको एस घडीमा पार्टीका संगठन , नेतृत्व ,कर्येकर्ता सबैलाई उद्दार तथा राहत कर्येलाई अभियानको रुपमा लिएर अगाडी बढ्न निर्देशन दिएका हुन्। साथै महासचिव विप्लवले आपतमा परेकाहरुको लागि एता सकी साथ र सहयोगका गर्न जनसमुदायमा हार्दिक अनुरोध गरेका छन्।

 

Loading...