प्रधानमन्त्री ओलीका गलत क्रियाकलापका कारण देशले अस्थिरतामा गएको पूर्वप्रधानमन्त्रीहरुको ठहर

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीका गलत क्रियाकलापका कारण देशले अस्थिर र अन्योलग्रस्त राजनीतिक स्थितिको सामना गरिरहेको पांच पूर्वप्रधानमन्त्रीहरुले ठहर गरेका छन् ।

कामचलाउ सरकारले मुलुको राष्ट्रिय हित विपरित दीर्घकालीन महत्वको निर्णय गरिरहेको भन्दै पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति जारि गर्दै देश र जनतालाई असर गर्ने त्यस्ता निर्णय नगर्न चेतावनी दिएका हुन्  ।

संयुक्त विज्ञप्ति जारीगर्दै प्रधानमन्त्री ओलीले एकपछि अर्को कानुनी शासनमाथि घात गरेको र संविधानमाथि प्रहार गरेर लोकतन्त्रको मुल्य मान्यतालाइ कुण्ठित गरेको बताइएको छ । सर्वोच्च अदालतको फागुन ११ मा गरेको फैसला बिपरित पुन्ह असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर ओलीले संविधानमाथि निरन्तर प्रहर गरेको पूर्वप्रधानमन्त्रीहरुले ठहर गरेको छ ।

संयुक्त विज्ञप्तिमा –
. काम चलाउ सरकारको प्रधानमन्त्रीमा परिणत भैसकेको अवस्थामा ओलीले अध्यादेशबाट बजेट ल्याउनु
. स्वेच्छाचारी ढंगले कार्यदल गठन , मनपरी ढंगले मन्त्रिपरिषद् बिस्तार गरेको
. बजेट घाटा पूर्ति गर्ने निहुँमा कामचलाउ सरकारले देशका विभिन्न भागबाट ढुंगा, बालुवा र गिटी उत्खनन् गरी विदेशमा     निकासी गर्ने राष्ट्रहित र जनविरोधी निर्णय गरेको उल्लेख छ।

 

 

 

 

Loading...