१३ लाख नगद सहित न्युरोड पाकोबात १५ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका २२ वडा पाको न्यूरोडको एक घरमा जुवा खेलिरहेका १५ जनालाई नगद रु १३ लाखभन्दा बढी रकमसहित प्रहरीले पक्राउ गरेको छ । पूर्णलाल महर्जनको घरमा कौडा र तास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट रु १३ लाख ४३ हजार नगद समेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

अजय श्रेष्ठले भाडामा लिएको छैटौँ तलाको कोठामा केहिसमाये देखि जुवा खेल्दै आइरहेको सूचनाका आधारमा प्रहरी परिसर र जनसेवा प्रहरी वृतबाट खटिएको संयुक्त प्रहरी टोलीले साझा उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाइएको छ ।
प्रहरी आएको खबर पश्चात हामफाली भाग्ने क्रममा काठमाडौँ बाफल बस्ने भक्त बलामी लडेर दाहिने खुट्टा भाँचिएका उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने मुरारी भण्डारी, काठमाडौँ कीर्तिपुर नगरपालिका–६ चोभार बस्ने वर्ष ३५ का सुमन कार्की,धादिङ ज्वालामुखी गाउँपालिका घर भई हाल काठमाडौँको सतुङगल बस्ने वर्ष ३० का भरत ईटानी,काभ्रेपलाञ्चोक दाप्चा घर भई काठमाडौँको बौद्ध बस्ने वर्ष ३३ वर्षीय अजय लामा,रामेछाप सुनाकोठी घर भई हाल भक्तपुरको कौशलटार बस्ने विशाल चौलागाईं, मकवानपुर घर भई काठमाडौँको कलङ्की बस्ने राजु मोक्तान, काठमाडौँको मनहरा कागेश्वरी नगरपालिका–८ का ४९ वर्षीय विनोद कार्की, काठमाडौँ–२२ का ५७ वर्षीय सञ्जीव श्रेष्ठ रहेका छन् ।

यसै गरि ललितपुरका नरेन्द्र महर्जन, सप्तरीका सुमन खड्का,काठमाडौँ–१८ का पञ्चनारायण महर्जन र काठमाडौँ बाफल बस्ने भक्त बलामी,गोर्खा सिरानचोकका कुमार लामिछाने,काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ बस्ने वर्ष ४० का छिरिङ लामा, रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भई काठमाडौँको गोठाटार बस्ने वर्ष ४२ का कल्याण कार्की पनि पक्राउ परेका छन् ।

पक्राउ परेका सबैलाइ जुवा ऐनअनुसार महानगरीय प्रहरी वृत्त जनसेवाबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

Loading...