निजि अस्पतालले कोभिड–१९ संक्रमितको उपचार खर्च मूल्यसूची वेबसाइटमा राख्नु पर्ने

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमितको उपचार गर्दै आएका निजि अस्पताललाइ उपचारमा लिइदै आएको खर्च रकममा निगरानी बढाएको छ। निजि रुपमा खोलिएका अस्पताल , स्वास्थ्य संस्थाले विभिन्न शिर्षकमा अनावश्यक रुपमा अत्यधिक शुल्क असुल्ने गर्ने गरेको जनगुनालाइ मध्ये नजर गर्दै सरकारले कडाई गर्न थालेको हो ।

सरकारले सात दिनभित्र सम्बन्धित निजि अस्पतालबाट प्रवाह हुने सबै सेवाको प्रकार, सोको लागत रकम, शीर्षकसमेत उल्लेख भएको मूल्यसूची र सञ्चालक समितिको आधिकारिक निर्णय आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाद्वारा आज विज्ञप्ति जारि गर्दै अस्पतालहरुले उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको बन्दोबस्त गर्न बिरामी आफैलाई लगाउने, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक भार बढाउने, अक्सिजनको शुल्क लिने, आवश्यकता भन्दा बढी औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न लगाउने गरेको गुनासो आएको भनिएको छ ।

Loading...