जसपाले सोध्यो ठाकुर, महतो सहित चार नेतालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतो सहित चारजनालाई दोश्रो पटक स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकारण सोधिएका छर नेतालाई गएको जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकको निर्णयानुसार स्पष्टीकरण सोधिए पनि जवाफ नआएको भन्दै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई आज दोश्रो पटक स्पष्टीकरण सोधिएको हो ।

जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीको हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र स्पष्टिकरण जवाफ मागिएको छ। अघिल्लोपटक दिइएको स्पष्टिकरणमा तीन दिनको समय दिइएको थियो।

जसपले स्पष्टीकरणपत्रमा चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

Loading...