आर्थिक वृद्धिदर लक्ष्य भेटाउन चुनौतीपूर्ण (आर्थिक सर्वेक्षणको पूर्णपाठसहित)

काठमाडौँ । नेपालको आर्थिक वृद्धिदर चालु वर्षमा पनि लक्ष्यअनुसार नपुग्ने देखिएको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा पछिल्लो दुई दशकयताकै कम २ दशमलव १२ प्रतिशतले ऋणत्मक रहेको अबस्थामा अहिलेको लक्ष्य रहेको ४ दशमलव ०१ प्रतिशत समेत भेटाउन चुनौतीपूर्ण रहेको देखिएको हो ।

सरकारले यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो । पछि केन्द्रीय तथ्यांक विभागले त्यसलाई संशोधन गरी ४.०१ प्रतिशत तय गरेको थियो ।

शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक गर्दै स्वास्थ्य संकटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४ दशमल शून्य १ प्रतिशत रहने अनुमान गरिएको भए पनि चालु आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड १९ को दोस्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको बताए ।

Loading...