कोरना संक्रिमित हुने भन्दा निको हुनेको संख्या धेरै

काठमाडौं । कोरनाको दोश्रो संक्रमण फैलिए एता आज देशभर ६ हजार ७१६ सक्रमण मुक्त भइ निको भएका छन् भने थपिने संख्या अघिल्लो दिनको अनुपातमा घटेर ६ हजार ६७७ जनामा कोरोना ‘भाइरस ‘संक्रमण पुष्टि भएको छ । यो दोश्रो कोरोना महामारी लहर सुरु भए एता आज देशभर संक्रमित भन्दा निकाे’हुनेकाे संख्या बढी रहेकाे हो ।

यस्तै पछिल्लो २४ घण्टामा  १४५ संक्रमितको मृ’ त्यु भएको छ ।

यसै गरि काठमाडौँ उपत्यकामा दैनिक रुपमा कोरोना भाइरसका सङ्क्रमित थपिने भन्दा घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा उपत्यकामा एक हजार ४९३ सङ्क्रमित थपिएको जनाएको छ । मंगलबार उपत्यकाका तीन जिल्लामा चौबीस घण्टामा दुई हजार ६१३ जना सङ्क्रमित थपिएको थियो । सोमबार दुई हजार ७८५ सङ्क्रमित थपिएको थियो ।

काठमाडौंमा एक हजार १३९, ललितपुरमा २४१ तथा भक्तपुरमा ११३ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले बताउनुभयो । मन्त्रालयका अनुसार देशभरि हाल एक हजार ६७१ जना आईसीयूमा रहेकोमा ४३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।

Loading...