छत्रपाटी निःशुल्क चिकित्सालयमा कोविड अस्पताल सुरु

 

काठमाडौँ । काठमाडौँ महानगरको सहयोगमा आजदेखि छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोविड अस्पताल सञ्चालनमा आएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा आज अस्पताल सञ्चालन शुभारम्भ गरेका हुन् । महानगरले अस्पताललाई पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्चवापत् करीब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ व्यहार्नेछ । यसका लागि गएको बैशाख ३१ गते सम्झौता भएको थियो । यो सम्झौता महानगरले अर्को निर्णय नगरेसम्मका लागि हो ।

महानगरलाई भगिनी सहर ल्हासाले उपलब्ध गराएका भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई दिएको छ । यसैगरी अस्पतालले खरिद गर्ने थप ३ वटा भेन्टिलेटरको रकम महानगरले भुक्तानी गरिदिनेछ ।

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले महानगरबाट प्राप्त सहयोगबाट धेरैभन्दा धेरै जनताको सेवा गर्नेछौँ । हामीले गरेको सेवा सम्बन्धि विवरण हरेक दिन महानगरमा पठाउने बताए । डा. श्रेष्ठले भन्नुभयो, हामीलाई अक्सिजन व्यवस्थापनमा भने अझै डर लागिरहेको छ । यसको जोहो गर्न प्लान्ट स्थापना गर्ने योजनामा छौँ । अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आइसीयू, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ वेडको कोविड अस्पताल सञ्चालन भएको हो ।

Loading...