सरकार कोभिडको त्रास फैलाएर आफ्ना अवैधानिक हर्कतको ढाकछोप गरी सुरक्षित हुने प्रयास गरिरहेको कांग्रेसको भनाइ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार कोविद संक्रमण नियन्त्रण गर्ने छोडेर त्रास फैलाएर आफू सुरक्षित हुन खोजीरहेको भनेको छ । बुढानिलकण्ठ स्थित सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस पदाधिकारीको आज बसेको बैठकबात यस्तो धारणा सार्वजनिक गरेको हो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले दुई दिनभित्र खाद्यान्न किनिसक्नू भनेर जनतामा त्रास फैलाउने काम फैलाएको र सरकारलाई १५ बुँदे ध्यानाकर्षणमार्फत जिम्मेवार बनाउने प्रयत्न गर्दा समेत सरकार कोरोना संक्रमण नियन्त्रण गर्नेभन्दा कोभिडको त्रास फैलाएर आफ्ना अवैधानिक हर्कतको ढाकछोप गरी सुरक्षित हुने प्रयास गरिरहेको बताए। उनले भने “ अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्ने, पीसीआर परीक्षणको दायरा विस्तारित गर्ने र गाउँगाउँका नागरिकलाई पनि उपचारको दायरामा पुर्‍याउने सार्थक प्रयास गरिरहेको छैन ।”

उपत्यकामा तीनवटा प्रमुख जिल्ला अधिकारीले मंगलबार निषेधाज्ञा जेठ २० गते सम्म लम्बयाउने निर्णय गरेको छ भने किराना पसल, डिपार्टमेन्टल स्टोर खोल्न नपाइने गरि तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ बजे सम्म मात्र खोल्न पाइने भनेको छ ।

Loading...