भोकाएका पशुको साहारा बने मनकारीहातहरु

जेठ १३  , काठमाडौँ । बुद्ध थान्का ट्रेजर, स्वयम्भूले निषेधाज्ञाको समयमा स्वयम्भू क्षेत्रमा रहेका बाँदर कुकुर, परेवालाई आहाराको व्यवस्था गरिरहेको छ ।
निषेधाज्ञाको समयमा मानिसको चहल–पहल बन्द भएपछि भोको परेका त्यस क्षेत्रका जनावर र पन्छिको लागि ट्रेजरका संस्थापक समाजसेवी एवं नेतृ राज्यलक्ष्मी श्रेष्ठले हरेक दिन आहाराको व्यवस्था गर्दै आउनुभएको हो ।
उहाँले भोक लाग्यो भन्न सक्नेका लागि त रोजगारी खोसिएर भोको बस्नुपर्ने वाध्यता छ, अहिलेको समयमा बोल्न नसक्ने जनावर र पन्छीको भोक मेटाउनु मानविय कर्तव्य ठानेर परिवार, स्थानिय जागरुक युवाहरुसँगको सहकार्यमा आफुले सक्ने योगदान दिएको बताउनुभयो ।
साथै काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर त्यस क्षेत्रका १३५ वटा कुकुरलाई वन्ध्याकारण गरिएको छ ।
उहाँले कोरोना महामारीको बेला गत वर्ष भएको लकडाउनको समयमा पनि त्यस क्षेत्रका जनावर तथा पन्छीका लागि आहाराको व्यवस्था गर्नुभएको थियो । 

 

यो समाचार पढेर तपाइलाई कस्तो लाग्यो ?

Loading...