काठमाडौँ महानगरले संचालन गरेको (पीसीआर) परीक्षणका लागि नयाँ तालिका सार्वजनिक

काठमाडौँ । कोविड संक्रमणको लक्षण देखिएका तथा शंका लागेका व्यक्तिलाई गरिने पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि काठमाडौँ महानगरले नयाँ तालिका सार्वजनिक गरेको छ । जसअनुसार अव हरेक दिन बिहान ११ बजेदेखि कम्तीमा २ वटा केन्द्रबाट परीक्षण हुनेछ । यस अघिको नियमित तालिकामा दिनको १ केन्द्रबाट मात्र हुने गरेकोमा अब २ देखि ३ केन्द्रबाट परीक्षण हुनेछ । यसका अतिरिक्त धेरै संख्यामा परीक्षण गर्नु पर्ने वडाबाट माग आएमा त्यस ठाउँमा पनि परीक्षण हुनेछ ।
नयाँ तालिकाअनुसार आइतबार वडा २९ को पद्मकन्या स्कूल डिल्लीबजार र वडा ४ को विशाल मिलन केन्द्रमा परीक्षण हुनेछ । त्यसैगरी सोमबार वडा १६ को वहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (जुडो हल), वडा २० को शान्ति निकुञ्ज विद्यालय र वडा ३२ कार्यालय परिसरमा परीक्षण हुनेछ ।
मंगलबार वडा ८, बजबागेश्वरी, १४ कलंकी र २६ लैनचौर कार्यालय परिसरमा, बुधबार मीनभवनस्थित साविक ट्रलीबस परिसरमा र वडा १५ को भुइँखेलमा, विहीबार बसन्तपुर र महावौद्धमा तथा शुक्रबार वडा ३ कार्यालय परिसर महाराजगञ्ज र वडा ६ कार्यालय परिसर बौद्धमा परीक्षण हुनेछ ।
महानगरको यो सेवा निःशुल्क हो ।
परीक्षण गर्न जानु अघि सम्बन्धित वडाका क्लिनिक इन्चार्जसँग सम्पर्क गरेर आइएमयु (इन्फरमेसन म्यानेजमेन्ट युनिट) मा विरामीको विवरण भर्नु पर्छ । पहेँलो रङ्गको फारमका प्रारम्भिक विवरण भरेपछि यी विवरण अनलाइन विधिमार्फत प्रणालीमा पठाइन्छ । महानगरका पीसीआर कार्यक्रम संयोजक ऋषिप्रसाद भुषाल भन्नुहुन्छ, ‘अनलाइनमा तथ्याङ्क भरेपछि एउटा कोड आउँछ । यो कोडलाई पहेँलो फारममा टिपेपछि आइएमयु प्रक्रिया पूरा हुन्छ । जसले पीसीआर गराउने हो । उसको यो विवरण अनिवार्य हुन्छ । कुनै कारणले परीक्षण पूर्व विवरणा भर्न सकिएन भने परीक्षण गरेपछि यी विवरण भर्नुपर्छ ।

Loading...