टेकु अस्पताल र छत्रपाटी निःशुल्क चिकित्सालयलाई काठमाडौँ महानगरबाट दुई—दुई थान भेन्टिलेटर प्रदान

काठमाडौँ । शुक्रराज ट्रपिकल अस्पताल टेकु र छत्रपाटी निःशुल्क चिकित्सालय,क्षेत्रपाटीलाई काठमाडौँ महानगरपालिकाले २—२ थान भीजी ७० मोडलका भेन्टिलेटर प्रदान गरेको छ । ) महानगकार प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालका निर्देशकहरुविच सम्झौता गरेर शुक्रबार सो उपकरण सामग्री प्रदान गरिएको हो ।

उपकरण हस्तान्तरण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाक्यले भन्नुभयो, आजैदेखि भेन्टिलेटर सञ्चालनमा ल्याएर जनताको जीवन बचाउन थाल्नोस् ।

काठमाडौँ महानगरले अहिले सबै काम थाँती राखेर जनताको जीवन बचाउन प्रयास गरिरहेको महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको थियो । यसैगरी प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले, महानगरले आन्तरिक संरचना र क्षमताबाट आफैँ र सरकारी तथा सामुदायिक अस्पतालहरुलाई सहयोग गरेर वृहत्तर रुपमा कोविड विरुद्ध काम गरिरहेको बताउनुभयो ।


भेन्टिलेटर प्राप्त गरिसकेपछि टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले, कोविड संक्रमणले स्वास्थ्य क्षेत्रलाई कठिन ठाउँमा लगेका बेला महानगरबाट भेन्टिलेटर प्राप्त भएपछि अस्पताल थप सेवा दिन सक्ने भएको उल्लेख गर्नुभयो । त्यस्तै, छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले आफ्नो अस्पताललाई कोविड अस्पताल बनाउन थप बल पुगेको बताउनुभयो । छत्र पाटी चिकित्सालय महानगरको कोविड अस्पताल हो । यो सञ्चालनको अन्तिम तयारीमा छ । उहाँको भनाइ थियो ।यी उपकरण भगिनी सहर तिव्वतको ल्हासाले काठमाडौँ महानगरपालिकालाइ महामारी विरुद्धको लडाइँमा सघाउन पठाएको हो ।

काठमाडौँ महानगरले यस अघि सरकारी र सामुदायिक गरी १२ वटा अस्पतालहरुलाई कोविडको उपचारमा क्षमता बढाउन विभिनन खालका सहयोग गरिसकेको छ । यसबाट काठमाडौँको सामाखुशीमा २ सय वेडको आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर र नरदेवी अस्पतालमा ५० वेडको इचडीयू सञ्चालनमा आइसकेको छ । यसैगरी छत्रपाटी निःशुल्क चिकित्सालयमा ३५ वेडको कोविड अस्पताल सञ्चालन अन्तिम तयारीमा पुगेको छ ।

ती अस्पतालहरुमा थप ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) सहितका उपकरण जडान हुँदैछन् ।

Loading...