राष्ट्रिय सहमतिको सरकार र बैकल्पिक सरकार बनाऔ ,रचनात्मक सहयोग गर्न तयार छु – : ओली

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुलाई वैकल्पिक राष्ट्रिय सरकार बनाउन आग्रह गरेका छन् ।
उहाले राष्ट्रपति भनेको गणतन्त्रको प्रतीक भएको भन्दै सरकारले गरेको सिफारीसका आधारमा जारी हुने आदेशलाई लिएर राष्ट्रपति प्रति आलोचना , अपमानजानक अभिव्यक्ति दिनु अलोक्तान्तिक भएको बताए ।

नयाँ सरकारले १५ गते बजेट पेश गर्ने समय नभएका कारण छोटो समय राखेर सरकार गठनका लागि राष्ट्रपतिले आव्हान गरेको बाताए ।
जहिले पनि केपी ओलीले विगार्यो, प्रतिगमन ल्यायो भन्दै विरोध गरिएको भन्दै आज ५ बजे सम्म कसैले वैकल्पिक सरकार दिए ठीक छ नदिए सहमतिका साथ राष्ट्रिय सरकार बनाउन आव्हान गरेका छन् । कोभिड बिरुद्ध लड्न पनि सँयुक्त रुपमा अघि बढ्नु पर्ने प्रधानमन्त्रीले उल्लेख गरे ।
काँग्रेस र माओवादी मिल्दा पनि ११० जना मात्रै सांसद रहेको तर आफूसँग एक्लै १२१ जना सांसद रहेको भन्दै के काँग्रेस माओवादीले दुबो जस्तो सांसद उमार्छन् भन्दै प्रश्न गरेका छन् ।
नेपाल खनाल पक्षलाइ इङ्गित गर्दै उनले बिहान बेलुकै कोटेस्वरमा धाएर एमाले फुटाउन लागि परेको भन्दै प्रचण्डको पनि ओलीले बिरोध गरे । माधव नेपाल सच्चिन र सुध्रिन तयार भए मौका दिने पनि ओलीले बताए ।

Loading...