कोविड बिरुद्दको खोप सहज रुपमा उपलव्ध गराउन बारले गर्यो अपिल

काठमाडौँ। नेपाल बार एशोसिएशनले नागारिकलाई कोविड बिरुद्दको खोप सहज उपलव्ध गराउन सरकार समक्ष अपिल गरेको छ । विश्व ब्यापी फैलिएको कोरना भाइरस को नया भेरियेंत सहितको दोश्रो लहरको महामारीको विषम परिस्थितिमा धेरै ले ज्यान गुमाउन परेको यो अवस्थामा आमनागरिक ज्यान बचाउन कोविड बिरुद्दको खोपलाई सहज उपलव्ध गराउन तथा ठोस कदम चाल्न , अस्पतालमा आउने बिरामीलाई वेड ब्यबस्था र अक्सिजन आपूर्तिलाइ सहज बनाई जनताको स्वास्थ्य उपचारमा प्रभावकारी भूमिका निभाउन सरकार समक्ष बारले बिहिबार बिज्ञप्ति मार्फत माग गरेको छ। 

Loading...