नेपालमा देखिएको कोरोना भाइरस बी १६१७२ र बी १६१७१ नयाँ भेरियन्ट भएको पुस्टि

 

जेठ ४,काठमाडौं । नेपालमा फैलिएको कोरोना भाइरस नयाँ भेरियन्टको पुष्टि भएकाे छ । देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा ९३४ वटामा बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक बिज्ञप्ति निकाली जानकारी दिएको हो ।
मन्त्रलायले हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जटिल किसिमको रहेको अध्ययनबाट पाइएको जनाएको छ ।
मन्त्रलायले हालसम्म गरिएको अध्यनमा नेपालमा पाइएको परिवर्तित भाईरस सहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको बताएको छ । विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको मन्त्रालयले जारी गरेको अपीलमा उल्लेख छ ।

संक्रमण रोक्न सबै सचेत र जिम्मेवारी वनी जनस्वास्थ्यका मापदण्ड पाल्ना गर्न सवैलाई मन्त्रलायले अनुरोध समेत गरेको छ ।

Loading...