काठमाडौँका विभिन्न ठाउँहरुमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु

 

काठमाडौँ । कोविड संक्रमणको उच्च जोखिममा रहेका काठमाडौ्रँका विभिन्न समुदायमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ । काठमाडौँ महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रुपमा परीक्षण थालेका हुन् । यसको शुरुवात् कालीमाटी तरकारी तथा फलफुल बजारबाट भएको हो ।
परीक्षणका लागि तरकारी बजारमा विहान खुद्रा तथा होलसेल व्यापारीहरुको चहलपहल थियो ।
‘स्वास्थ्य मन्त्रालय र सीसीएमसीले अहिलेसम्म संक्रमणको दर उच्च रहेका ठाउँहरु पहिचान गरेको छ । यसरी पहिचान भएका ठाउँहरुमा गएर वृहत परीक्षण हुनेछ ।’ महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेल भन्नुहुन्छ, ‘संक्रमणको सक्रिय अवस्था थाहा पाउनका लागि यो उपयुक्त विधि हो ।’
‘परीक्षण गरिएका सबै व्यक्तिहरुलाई रिपोर्ट नआउञ्जेल आइसोलेसनमा बस्न भनेका छौँ ।’ परीक्षणका लागि कालीमाटीमा भेटिनुभएका महाशाखाका ल्याव टेक्निसियन निरीक्षक भोला अधिकारीले भन्नुभयो, ‘परीक्षणबाट आएको नतिजाले लक्षणसहितका विरामीलाई अस्पताल पठाउन र लक्षण नभएका विरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ ।’
उहाँहरुकाअनुसार कसैको सरीरमा कोविडका भाइरसको प्रवेश भइसकेपछि लक्षण देखिन ५ दिनसम्म लाग्न सक्छ । यसअघि (लक्षण देखिनु अघि) कसैसँग कोविड छ कि छैन भनेर थाहा पाउन यो परीक्षण प्रभावकारी छ । पहिलो चरणमा करीब १० हजार व्यक्तिको एन्टिजेन्ट परीक्षण गरेर
भोलि बडा ३२ को तरकारी बजारमा परीक्षण हुनेछ । तरकारी बजारसहित अहिले पनि धेरै मानिसहरु भेला हुने ठाउँलाई पहिला प्राथमिकतामा राखेका छौँ । महानगरका कोविड फोकल पर्सन ज्ञानबहादुर ओली भन्नुहुन्छ, ‘तरकारी बजारपछि धेरै संक्रमण देखिएका वडाहरुमा परीक्षण गराउने योजना छ ।’
परीक्षणका लागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ ।

 

Loading...