जसपा तत्काल सरकारमा नजाने , आफ्नै नेतृत्वको सरकार बनाउने अभ्यासमा

विश्वासको मतको पक्षमा मतदान नगर्ने

 

काठमाडौँ। छुट्टा छुटै धरामा देखिएका जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले एकै धिक्का भएर अगाडी जाने सहमति भएका छन्। दुवै समुहले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने र विश्वासको मतको पक्षमा मतदान नगर्ने बताएका छन् । यसअघि वैशाख २७ गते संसदमा भएको मतदानमा यादव पक्षले ओलीको विपक्षमा मत दिएका थिए भने ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए। जसपा तत्काल सरकारमा समावेस नहुने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा सबै दल सहित राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने सो वक्तव्यमा उल्लेख छ ।

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् । समायोजन हुन नसकेका पार्टी संगठन, भातृ संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई यथाशीघ्र सम्पन्न गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

Loading...