बिरामीलाई अक्सिजन ल्याउन लगाउने अस्पताललाइ कारवाही गरिने

काठमाडौं। अस्पतालले बिरामीका आफन्तलाई नै अक्सिजन लिएर आउन आग्रह गरेको खबर बाहिरिए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस बिषयमा ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै निजि सरकारी कुनै पनि अस्पतालले बिरामीको आफन्तलाई नै अक्सिजन ल्याउन लगाएको पाइए कारबाही गर्ने जनाएको छ। 

सूचनामा भनिएको छ, ‘केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने भन्ने सुन्नमा आएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। अक्सिजन जस्तो औषधीय विषय बिरामी वा आफन्तलाई नै लिएर आउनु भन्नै नहुनेमा कँही कतै कसैले यस्तो गर्ने गर्नुभएको छ भने नर्गन, नगराउनु हुन अनुरोध छ। कसैले गरेको पाइएमा नियमानुसार कारबाहीसमेत हुनसक्ने व्यहोरा सम्बन्धित सबैमा अनुरोध छ।’

मन्त्रालयले देशभरका अस्पतलामा आवश्यकता अनुसार अक्सिजन उपलब्ध गराएको जनाएको छ। साथै मन्त्रालयले कोरोना संक्रमितहरुको उपचार गरिरहेका काठमाडौं उपत्यकाका हरेक अस्पतालहरुको सूचना व्यवस्थापन प्रणालीमार्फत् अनलाइन रेकर्ड राख्ने समेत भनेको छ।

 

Loading...