संक्रमण दरमा तुलनात्मक सुधार

कोविड संक्रमण दरमा तुलनात्मक सुधार भई पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन गरिएको १९ हजार ५३९ आरटी पिसिआर परिक्षणमा ७ हजार ३१६ र ३४४ एन्टिजेन परिक्षणमा ५२ जनामा संक्रमण देखिएको हो ।

परिक्षण संख्याको आधारमा ३७ दशमलव ०५ प्रतिशतमा संक्रमण देखिएको हो । हिजो ४४ दशमलव ०३ प्रतिशतमा संक्रमण भेटिएको थियो ।

नयाँ संक्रमितमा ९ वर्षसम्मका १६२ जना बालबालिका छन् भने १० देखि १९ वर्ष उमेर समूहका ४९६ जना छन् ।

हालसम्म ४ लाख ५५ हजार २० जनालाई कोभिड संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ७४ दशमलव ७ प्रतिशत संक्रमित संक्रमणमुक्त पनि भइसके ।

हालसम्म ३ लाख ३९ हजार ७५६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । गएको २४ घण्टामा ६ हजार ६४८ जना संक्रमित निको भएका छन् ।

हाल एक लाख १० हजार २६३ जना सक्रिय संक्रमित उपचाररत अवस्थामा छन् । एक लाख २ हजार ४५५ संक्रमित होम आइसोलेसनमा छन् भने ७ हजार ८०८ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

आइसीयूमा उपचाररत एक हजार ३१३ जनामध्ये ३८० जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेकोसमेत गरी पछिल्लो पटक जम्मा १४५ जना संक्रमितको मृत्युको सूचना प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार एक जनाको कोभिड संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Loading...