४ हजार नाै सय मूल्यमा ‘रेम्डेसिभिर’ सिधै खरिद गर्न सकिने – सम्पर्क नम्बरसहित

काठमाडौँ। बङ्गलादेशबाट कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको उपचारका लागि प्रयोग हुदै आएको औषधि ‘रेम्डेसिभिर’ थप ३२ हजार डोज नेपाल आइपुगेको छ ।
स्वास्थ्य मन्त्रालयले रिम्डेसिभिर चिकित्सकले ताेकेकाे आधारमा सम्बिन्धत वितरकबाट सिधै खरिद गर्न । प्रतिडाेज चारहजार नाैसय रूपियाँ मात्र तिर्न सूचना मार्फत आग्रह गरेकाे छ ।

औषधि बिभागका सूचना अधिकारी सन्तोष केसीले पछिल्लो समय नेपालमा कोभिडका बिरामीको सङ्ख्या बढ्दै गएपछि ‘रेम्डेसिभिर’ औषधिको माग पनि बढ्दै गएको र सो माग अनुसार विभागले बंगलादेशबाट एक लाख २५ हजार औषधि ल्याउन अनुमति दिएको बताउनुभयो ।

विभागले वैशाख २२ गते विज्ञप्ति जारी गर्दै यो सबै प्रकारका कोभिडका बिरामीका लागि आवश्यक नपर्ने र अचुक औषधि पनि नभएकाले यसको प्रयोगमा डाक्टरहरुले ख्याल पुर्याउन निर्देशन दिएको थियो ।
बङ्गलदेशको बेक्सिम्को फार्मेसिष्ट लिमिटेडले उत्पादन गरेको रिम्डेसिभिर औषधि नेपालमा समेत कोरोना भाइरसबाट बच्न परिक्षणका लागि प्रयोग गर्ने गरी विभागले पहिलो पटक आयत गरेको जनाएको छ ।
कोरोना सङ्क्रमित बिरामीको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि क्लिनिकल ट्रयालका रूपमा कोभिडको उपचारमा विश्वभर प्रयोग गर्न थालिएको छ । 

कोभिड- १९ उपचार गर्ने क्रममा अस्पतालबात वा चिकित्सकहरुले रेम्ड़ेसिभिर चाहिएको व्यक्तिले सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको परिचय पत्रको प्रमाण सहित आयन हेल्थ केयर कुपन्डोल , युएन पार्कका दा अबुल अन्सारी ९८० ०५५५९१०, सुबास ९८५१० १९४ ४१६ , बिमल ९८४१ ५०६३ ७० कमल ९८५११ २४६ ३९ , ९८५११ २४६ ३९ बात प्राप्त गर्न सकिने सुचनामा रहेको छ।

Loading...