बैशाख ३० गतेसम्म राष्ट्रपतिबात बहुमतको सरकार गठन गर्न दलहरुलाई आह्वान

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गतेसम्म समय दिएर बहुमतको सरकार गठन गर्न आह्वान गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाको विश्वासको मत गुमाए पछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गर्नु भएको हो ।

राष्ट्रपति कार्यालयबात सोमबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतनिधिसभाको सदस्यलाई वैशाख ३० गते बिहीबारका दिन साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपतिसमक्ष आफ्नो दावी पेश गर्न आह्वान गर्नुभएको छ ।’
यस्तो छ बिज्ञप्ति –

Loading...