काेराेना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको चिनियाँ खोप आउँदो जेठ २ गतेदेखि सुरु

 

काठमाण्डाै। जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले काेराेना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको चिनियाँ खोप आउँदो जेठ २ गतेदेखि उपत्यकामा सुरु गरिने भएको छ ।
काठमाण्डाै उपत्यकामा एन्टी कोभिड खाेपकाे दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी कुपन वितरण गरी, भिडभाड नगरि व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पत्राचार गर्ने बताउनुभयो ।

नेपालमा काेराेना सङ्क्रमण दर बढ्दै जाँदा निषेधाज्ञा लगाइएपछि खाेप अभियान स्थगित भएकाे चिनियाँ खाेपकाे पहिलाे डाेज यसअघि चैत १६ गते नेपाल आइपुगेकाे थियाे ।

Loading...