iPL लगायतका खेलहरुमा सट्टाबाजी खेलाउने , खेल्ने समूह पक्राउ

 

 

भारतमा संचालन भईरहेको (IPL) Indian Premier League तथा Premier League Football, LALIGA, Serie A League, UEFA Champions League लगायतका खेलहरुमा सट्टाबाजी गर्ने समूह पक्राउ परेका छन्। सुचनाको आधारमा अपराध माहानगरीय अपराध माहाशाखा बाट खटिएको बिशेष टोलिले बिभिन्न स्थान बाट Online Betting गरिरहेको अवस्थामा काठमाडौँ महानगर पालिका वडा.२३ झोंछेबात सुशिल जेष्टालाई नियन्त्रणमा लिएको हो। प्रहरीले निजका साथ नगद २ लाख ९६ हजार, सट्टेबाजीमा प्रयोग भएको मोबाईल थान २ र सोको हिसाबकिताब भएको डायरी बरामद गरेका छन्।
यसै गरि लाजिम्पाट स्थित खोलागल मार्गमा रहेको रमेश हमालको अपार्टमेन्टको चौथो तल्लामा रहेको कोठा नं.११० बाट सुचित अग्रवाल ,पवन कुमार शर्मा लाई पक्राउ गरी निजहरुको कोठा तथा घर खानतलासी गर्दा सट्टेबाजीको हरहिसाब गरिएको कागजका टुक्राहरु ,बिभिन्न रकमको विवरण र कोड समेत लेखिएको कागजातहरु र मोबाईल ४ थान समेत फेला पर्नु का साथ निजहरुको बयानबाट का.जि.का.म.न.पा.वडा नं.१ जमल स्थित एक घरमा पुग्दा मोबाईलको What’s app बाट सट्टेबाजी गराई रहेको अवस्थामा भारत बिहार प्रदेश मोतिहारी जिल्ला घर भएका मुकेश जैसवाललाई समेत पक्राउ गरिएको छ ।

प्रहरीले खोदाई जादा ठमेलमा अशोक सिंहलाई फेलापारी निजको शरीर खानतलासी गर्दा What’s app मा बिभिन्न सट्टेबाजी संग सम्बन्धीत विवरणहरु फेला परेको साथै का.जि.का.म.न.पा.वडा नं.२६ स्थित Hotel Sun Way Inn को चौथो तल्लामा अंकित कुमार लगायत ६ जनाले बिभिन्न कम्पनीका मोबाईलमा सट्टाबाजी गराई खेल खेलाई रहेको अवस्थामा नाम र रकम उल्लेख गरिएको कागजातहरु समेत फेला परेको ,निज हरुले भारत लगायत अन्य मुलुक समेतबाट सट्टेबाज गर्नको लागी User Id र पासवर्ड लिई कमिसनमा खेल खेलाउने ,ग्राहकहरु खोज्ने,हार जीत भएका ब्यक्तिहरुलाई रकम लिने-पुर्याई दिने जस्ता कार्य गर्ने गरेको पाईएकोमहाशाखाले जनाएको छ। पक्राउ परेका निजहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने ब्यवस्था रहेको छ।

Loading...