मास्क नलगाउनेलाई सडकमै होल्डमा राखिने

 

काठमाडौँ। मास्क नलगाइ सडकमा निस्किनेलाई प्रहरीले होल्डमा राख्न थालेको छ। कीर्तिपुर नगरपालिका भित्रका १५ ठाउँमा यस्ता ठाउँ बनाइएका छन्।

समुदायक प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी केन्द्र कीर्तिपुरले मास्क नललाई हिँड्नेलाई कारवाही गर्न होल्डिङ जोन बनाएको हो।

मास्क नलगाई हिँड्नेलाई उक्त होल्डिङ जोनमा १५ मिनेटसम्म उभ्याइन्छ। होल्डिङ जोनमा राखेर सम्झाइ बुझाइ गरेर प्रहरीले छाड्ने गरेको छ।

Loading...