राष्ट्रपति कार्यालयमा थापा द्वारा गृहमन्त्रीको सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले) का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन् । आज राष्ट्रपति भण्डारीले सितलनिवासमा उनलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका थापाले दल त्याग गरी नेकपा एमालेमा पुगेकाले उनीमाथि कारबाही भएको थियो । थापाको सांसद पद रिक्त गर्न माओवादीले पत्र लेखेबमोजिम राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पदमुक्त भएको निर्णय सुनाएका थिए । त्यसपछि आजै थापाको मन्त्री पद स्वत सकिएको थियो ।

Loading...