गृहमन्त्री थापा द्धारा मार्शल आर्ट्स हाप्किडो एसोसिएसनको चौथो राष्ट्रिय च्याम्पियनसिपको प्रतियोगिताको उद्घाटन

काठमाडौँ। मार्शल आर्ट्स हाप्किडो एसोसिएसनको चौथो राष्ट्रिय च्याम्पियनसिप गृहमन्त्री राम बहादुर थापा मगर ‘बादल’द्धारा प्रतियोगिताको उद्घाटन गर्नु भएको छ।
नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसनको चौथो राष्ट्रिय च्याम्पियनसिप शनिवार सुरु भएको हो । गृहमन्त्री ‘बादल’ले सो अवसरमा विशिष्ट अतिथि युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल मगर संघ केन्द्रीय समिती तथा अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य नविन रोका मगर तथा नेकपा(एमाले) गण्डकी प्रदेश इन्चार्ज लीला बहादुर थापाको पनि उपस्थिति थियो । प्रतियोगितामा ७०० खेलाडी भन्दा बढी खेलाडीको उपस्थित रहयो । सो अवसरमा मन्त्रि थापाले विभिन्न खेलाडीहरुलाई खेकुद सामग्री हस्तान्तरण गर्नु भयो।

Loading...