घरबार गुमाएका बालाजु सडक विस्तार पिडितले स्वयम्भुमा प्लेकार्ड सहित गरे प्रदशन – फोटोहरु

काठमाडौँ। बालाजु बाइपासका आफ्नो घरबार गुमेका सडक विस्तार पिडितले घर फिर्ता तथा पुनर्वासको माग राखी स्वयम्भुमा प्रदशन गरेको छ। स्थानीयको ३९ घर सडक बिस्तारको क्रमममा भत्काईये पछि बिगत ७ बर्ष देखि आन्दोलनरत पीडितले पटक पटक गरि आज पनि संघर्ष स्वरुप प्लेकार्ड सहित बिहान ८ बजे बात १ घण्टा सो क्षेत्रमा प्रदशन गरेका हुन्। शहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका बिकास प्राधिकरणले सर्वोच्च अदालतको आदेश उल्लंघन गरेर जबरजस्ती डोजर लगाएको स्थानीयवासीको भनाइ छ । सर्वोच्चले ८ चैत २०७३ मा ‘छलफलबाट टुँगो नलागेसम्म निवेदकहरूको घर आँगनमा प्रवेश गर्ने, अनधिकृत कब्जा गर्ने भत्काउने जस्ता कुनै पनि कार्य नगर्नु नगराउनू’ भन्ने आदेश दिएको थियो । सर्वोच्चले गरेको आदेश बिपरित जबर्जस्ति गरिएको कार्य प्रति अफुहरुमा निराशा छाएको स्थानीय सडक विस्तार पिडितहरुको भनाइ रहेको छ।
२०७३ साल चैत ८ गते सर्वोच्च अदालतले छलफलमार्फत् टुंगो नलागेसम्म सो क्षेत्रमा घर–आँगनमा प्रवेश गर्ने, अनाधिकृत कब्जा गर्ने, भत्काउने काम नगर्न उपत्यका बिकाश प्राधिकरण ,उपत्यका सडक बिस्तार आयोजना,उपत्यका बिकाश प्राधिकरण जिल्ला आयुक्त कार्यालय , काठमाडौँ महानगर पालिका र महानगरीय प्रहरी बालाजु वृत्त समेतलाई अन्तरकालीन आदेश जारी गरेको थियो ।

 

 

   

Loading...