प्रचण्डको निर्देशन “लाखौँको शान्तिपूर्ण जनसेना बनेर संगठित हुनुस् ”

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण जनमुक्ति सेना बनाउन युवालाई निर्देशन दिएका छन् । चितवनको माडी नगरपालिकामा आइतबार आयोजित कार्यक्रममा दाहालले भन्नु भयो – “हाम्रो भरोसा युवाहरुमाथि नै बढी छ । म चाहन्छु, तपाईंहरु गर्जिनुस् । सु–संगठित हुनुस्,” उनले भने, “लाखौँको शान्तिपूर्ण जनसेना बनेर संगठित हुनुस् । तर, त्यसोभन्दा मचाहिँ आराम गर्छु भन्नेमा छैन ।”

उहाले आफू जीवनको उत्तरार्द्धमा रहेको र जस्तोसुकै बाधा , अफ्ठ्यारा , पीडा भए पनि सामना गर्ने बताउनु भयो ।

  यसै गरि दाहालले मादी नगरपालिका ६ हरिनगरमा नवनिर्मित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय भवनको उत्घाटन गर्नु भयो।

Loading...