प्रेम, बिछोड र मायाको कोसेली ‘किन आज’

नेपाली गीत संगीतको बजारमा प्रेम र बिछोडलाइ गीत संगीतमा स्वरवद्द गरिएको नयाँ म्युजिक भिडियो ‘ किन आज ’ सार्वोजनिक भएको छ।
शुक्रवार भएको म्युजिक भिडियो प्रिमियर कार्येक्रममा वरिष्ठ हास्य कलाकार सन्तोष पन्तले म्युजिक भिडियोका सबै पक्षमा पूर्णता पाएको अनुभव सुनाउनु भयो। विगत ५ बर्ष देखि संगीत क्षेत्रमा दुव्दै आएका परमान्द बैद्यको सुमधुर आवाजमा रहेको यस गीतमा रचना र संगीत महेश राज थापाको रहेको छ।
गीतको म्युजिक भिडियोमा ग्रिस बैद्य र रेजिसा डंगोल आकर्षक भूमिकामा देख्न सकिन्छ । भिडियोलाई निर्देशन र सम्पादन रवि सायमीले गरेका हुुुन भने छायांकन भवानी शिलाकारले गरेका छन् ।
गायक बैद्यको यो १२ औ गीतको रुपमा रहेको छ। ग्रिसको यो म्युजिक भिडियो पर्दामा पहिलो अनुभव हो भने अरुधेरै म्युजिक भिडियोमा देखिएको रेजिसा नृत्य प्रशिक्षकका साथै कोरियोग्राफी र नेपाल संवत ११३६ मा 1st Runner Up of मिस नेवा: रहिसक्नु भएकी हुन्।

भिडियोमा क्लिक गर्नु होला –

फोटोहरु –  

Loading...