कोरोना संक्रमण भएको पाइएमा बिद्यालय बन्द गरी बैकल्पिक शिक्षणमा जान महानगरपालिकाको विज्ञप्ति

काठमाडौँ महानगर पालिकाले विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा अर्को सूचना जारी नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी बैकल्पिक माध्ययमबाट शिक्षण सिकाइ गराउन विज्ञप्ति जारी गरेको छ । महानगरले कोरनाले बिधालयका शिक्षक , कर्मचारी , बिद्यार्थीमा कुनै संक्रमण अवस्था नभएका विद्यालयमा अभिभावकको समेत सहमतिमा विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ । विद्यालयहरुले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा सावुन–पानीले राम्रोसँग हात धुने सेनेटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको मापदण्ड कडाईका साथ पालना समेतलाई निरन्तरता दिन महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

Loading...