करदातालाई जागरुक बनाउन सडक नाटक

 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट ‘सडक नाटक’ सुरु गरेको छ । पहिलो चरणमा काठमाडौँ क्षेत्र भित्रका १० स्थानमा सडक नाटक देखाउने काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीले कोभिडका कारण चालु आर्थिक वर्षमा राजश्व संकलनको प्रक्षेपण नै कम गरेको भन्दै प्रक्षेपण अनुरुप कर संकलन गर्ने उदेश्यले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।
विभागका प्रमुख अधिकारीले करदातालाई जागरुक बनाउन काठमाडौँ महानगरपालिकाले इतिहासमै पहिलो पटक ‘सडक नाटक’ अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।
करीब २० मिनेटको नाटकमा घरधनीलाई बहाल नतिरी भाग्ने भाडाको घर वा कोठामा बस्नेलाई खोजी भाडा उठाउन हिडेको घरबेटी जसले महानगरलाई कर नतिरेका कारण आफैँ कानुनको परिबन्दमा परेको कथा नाटकमा देखाइएको अधिकारीले जानकारी दिनुभयो ।

Loading...