सिटी मार्केटका १ सय १२ ओटा पसलमा महानगरपालिकाको सिलबन्दी

अन्धाधुन्ध आएर पसलमा सिल गर्दा व्यवसाय गरी खान पाउने अधिकार कुण्ठित गरेको व्यवसायीको भनाइ

काठमाडौँ । सम्झौताबिना सञ्चालन भैरहेका पुरानो वसपार्क नजिकै राष्ट्रिय सभागृहसँग जोडिएको सिटी मार्केटका १ सय १२ ओटा पसललाई काठमाडौँ महानगरपालिकाले आज सिलवन्दी गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले लामो समयदेखि विना सम्झौता सञ्चालन गरिरहेको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि आज शिलबन्दी गरेको जानकारी दिएका छन् । ‘लामो समयदेखि मार्केटको रुपमा रहदै आएको सिटि मार्केट बन्द गरि भत्काई सो स्थानमा सभागृहकै एक पार्टका रुपमा व्यवस्थित गर्ने महानगरको योजना रहेको छ ।
काठमाडौँ महानगरपालिका राजश्व विभाग प्रमुख डाक्टर शिव अधिकारीले पनि सिटी मार्केटमा व्यवसाय गर्ने व्यवासायीले २०७६ चैतसम्म व्यवसायीहरुको संघ मार्फत केही बहाल बुझाए पनि त्यसपछि नबुझाएको र पटक–पटक ताकेता गर्दा पनि वेवास्था गरेपछि सिलबन्दी गर्न बाध्य भएको बताए । उहाँले काठमाडौँ महानगरपालिकाको खरिद विभागले आय ठेक्कामा लगाउने गरी सार्वजनिक सूचना प्रकाशित गर्दा समेत कुनै प्रस्ताव पेश नभएको पनि बताए । पटक–पटक सूचना दिदाँ पनि नहटाएपछि बिहिबार प्रहरी र नगरप्रहरीले सिल गरेको छ। पलस सिल गर्ने क्रममा व्यापारीले विना सूचना हटाएको भन्दै हो–हल्ला गरि माइकिङ गर्दा पनि नहटेपछि प्रहरीले अवरोध गर्ने केहीलाई नियेंत्रनमा समातेको छ ।

करिब ३ महिनाको मात्रै भाडा तिर्न बाँकी रहेको व्यवसायीले बताएका छन् । पाँचदिन अघि पसल खाली गर्न माइकिङ गर्दै आएको तर भाडा तिर्नको लागि कुनै सूचना जारी नगरेको ब्यवसायीहरुले बताए । अन्धाधुन्ध आएर पसलमा सिल गर्दा व्यवसाय गरी खान पाउने अधिकार कुण्ठित गरेको एक व्यवसायीले बताए । ‘भाडा तिर भन्दा तिरेकै थियौं, अरुलाई जिम्मेवारी दिए वा महानगर आएर भाडा उठाए पनि हामी तिर्न तयार थियौं, व्यवसायी सुधीर कार्कीले भने, ‘तीन महिनाको भाडा तिर्न बाँकी रहँदै आएर सिल गर्नु कति जायज छ ?’

Loading...