नेपालभाषा पाठन पाठनको तैयारीमा आधारभूततह सहायक प्रशिक्षण तालिम

 

काठमाडौँ। काठमाडौँ महानगर भित्रका सामुदायिक़ तथा निजि बिद्यालयमा नेपालभाषा माध्याम बात स्थानीय बिषय बात पठन पाठन गराउन आधारभूत तहमा सहायक प्रशिक्षण तालिम संचालन गरिएको छ। दरवार हाइस्कुल , जनप्रभात माध्यमिक बिद्यालय , गीतामाता माध्यमिक बिद्यालय र जगत सुन्दर माध्यमिकमा छनौट भईआएका १२६ प्रशिक्षार्थिले नियेमित प्रशिक्षण लिदै आएका छन् । नेवा : स्यनामी दबुको प्राविधिक सहयोगमा महानगरको शिक्षा बिभागको आयोजनमा सोमबारबात संचालन भएको तालिम आउदो मंगलबार समापन हुने छ।

नयाँ शैक्षिक सत्र सुरु हुनु भन्दा अगावै ९१ सामुदाइक बिद्यालयमा नियुक्ति दिएर पढाउन तैयारी भएको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताउनु भयो। उनका अनुसार प्रत्यक बर्ष करार अवधि थपगरिने छ । महानगरले प्रकासन गरेको पाठ्यक्रम काक्षा ८ सम्म पढाईने भएता पनि ९/१०मा नेपाल भाषालाइ एक्षिक बिषयमा राखिदा बिद्यार्थीले चाहेर पनि निरन्तरता दिन नपाइने गुनासो गर्नु भयो।


यसै गरि प्रशिक्षक बरुण बैध्यले हाल प्रशिक्षण पाएका शिक्षकले कक्षा कोठामा बिद्यार्थीलाइ प्रारम्भमा नेपाल भाषा लेखाई भन्दा बोलाई बात बिस्तारै अगाडी बढाइने बताउनु भयो। तालिममा सहभागी शिक्षकहरुले सिकाइ , पढाई ,भोगाईको मध्यमबात कक्षा कोठामा उत्साहका साथ् पथन् पाठन गराउन आफुहरुमा उत्साहित रहेको बताएका छन्। 


महानगरका प्रमुख बिद्या सुन्दर शाक्य तथा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको बिषेस पहलमा महानगरले आधारभूत तहको स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक ‘‘ यँ देय् म्हसीके ’’ (काठमाडौं चिनौं) पुस्तक प्रकाशन गरेको हो । महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय र काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । बालबालिकालाई परम्परागत ज्ञान सीपबारे जानकारी दिने गरी पाठ्यक्रम विकास गरिएको छ ।

 

Loading...