६ करोड ३६ लाख लगानीमा निर्माण भैरहेको कमलपोखरीको ८५ प्रतिशत काम सम्पन्न

पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल रहने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम करीब ८५ प्रतिशत काम सम्पन्न भएको बताउनु भएको छ ।
काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले पोखरीमा करीब २० लाख लिटर पानी हालेको जानकारी दिनुभयो । ‘पोखरीमा टनाटन पानी भर्न करीब साढे दुई करोड लिटर पानी आवश्यक पर्छ,’ उहाँले भन्नुभयो, ‘हामी केही दिनभित्रै पानी टनाटन पार्छौँ ।’
प्रमुख शाक्यले आज कमलपोखरीको निरिक्षण गरि भैरहेको कामको बारेमा जानकारी लिनु भयो।
कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने गरि कम अगाडी बढिरहेको प्रमुख शाक्यले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उधान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको छ ।
करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको र पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइने छ भने पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने महानगरपालिकाले जानकारी दिएको छ ।

Loading...