भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा सुरु

 

सौर्यमासका आधारमा मनाइने देसको एकमा मात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का बिस्केट जात्रा आजबाट सुरु भएको छ ।

तौमदि स्थित नागपताकासहितको लिङो उथादै जात्रा ८ दिन ९ रात मनाइने भक्तपुरमा नौ दिन आठ रात बिस्केट जात्रा पाँचतल्ले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै जात्राको सुरुवात गरिएको हो ।
नाग र नागिनको संहार गरि बस्ती विस्तार गरेको खुसीयालिमा बिस्का जात्रा मनाउने किम्व्दन्ति रहेको छ। नेवार भाषामा वि अर्थात् विषधारी नाग – सिका अर्थात् मारिएर वि- सिका बात बिस्का जात्रा भनिएको यो जात्रा कालान्तरमा अपभंस भइ बिस्केट जात्र भनिन थालिएको हो। 

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट रथ तान्न थालेपछि यो वर्षको जात्रा सुरु हुन्छ ।

Loading...