बिस्काः जात्रा रोक्ने निर्णय बिरुद्द प्रदशन

काठमाडौं । भक्तपुरमा मनाइने प्रशिद्द बिस्काः जात्रा जिल्ला प्रशासान कार्यालयले रोक्ने निर्णय गरेपछि स्थानीय बासीले व्यापक विरोध जनाएको छ । पाँचतले न्यातपोल मन्दिर अगाडि जम्मा भएका स्थानीय, सम्पदाप्रेमी तथा गुठियारहरुले आज जात्रा रोक्न पाइँदैन भन्दै विभिन्न प्लेकार्ड सहित ब्यापक प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको जोखिम बडेको भन्दै जात्रा रोक्ने निर्णय गरेको थियो । विभिन्न सास्कृतिक बाजा गाजा सहित बिरोधमा प्रदशनमा उत्रेका स्थानीयले जिल्ला प्रशासनको यो कदमलाइ नेवाः संस्कृति परम्परामाथि हस्तक्षेप भएको बताएका छन् ।

भारतका विभिन्न प्रान्तहरुमा कोरोना संक्रमण फैलिरहँदा नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको भन्दै आइतबार जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रका पदाधिकारीहरुको बैठकले पूजारीलाई मात्र राखेर पूजा गर्ने तथा रथ तान्ने र लिंगो ठड्याउने काम नगर्ने निर्णय लिएको थियो । 

 

Loading...