काठमाडौँ महानगरपालिका र सिसडोल ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीय जनप्रतिनिधि बीच सहमति

काठमाडौँ महानगरपालिका र सिसडोल ल्याण्ड फिल्ड साइटका प्रभावित स्थानीय तथा जनप्रतिनिधि बीच फोहर फ्याक्न दिने सहमति भएको छ ।
महानगरले फोहोर ब्यबस्थापन गर्दै आएको सो स्थानमा मैला प्रभावित क्षेत्र, शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय बासिन्दाले विभिन्न माग गर्दै चैत १३ गते देखी सडकमा विरोध प्रदर्शन गरि फोहर बोक्ने गाडीलाइ अवरोध गर्दै आएका थिए।

महानगर पालिका मेयर बिद्या सुन्दर शाक्य संग आज भएको छलफलमा स्थानीय बासीले राखेका माग पुरा गर्ने प्रतिवद्दता जनाए पछि अवरोध नगरिने सहमती भएको हो ।

छलफलमा उनीहरुका माग सम्बोधनका लागिं मेयर शाक्यले प्रभावित क्षेत्रका बासिन्दाका शिक्षा , स्वास्थ क्षेत्रका लागिं राख्दै आएका मागलाइ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

स्वास्थ्य सम्बन्धिका बुँदामा अझै पनि छलफल गरि अगाडी बढ्न सकिने शक्यको भनाइ छ। महानगर संगको छलफलमा ककनी गाउँपालिका वडा–३ का अध्क्षय घननाथ बजगाईँले फोहोर विसर्जनमा अवरोध नहुने जानकारी दिनु भयो । 

 महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठले नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन–तीन करोड व्यवस्था गर्ने, धुनीवेसीँ नगरपालिकालाई एम्बुलेन्स खरिद गरिदिनेलगायतका विषयमा सहमति भएको छलफलमा भएका सहमतिलाई अन्तिम रुप दिई सहमतिमा हस्ताक्षर गर्ने बताउनुभयो ।
दुई दिन अघिको छलफलमा प्रमुख शाक्यले प्रभावित क्षेत्रका विद्यालयको लागि ५१ जना शिक्षकको दरबन्दी माग गरेको भन्दै त्यो मागप्रति सकारात्मक बनी नेपाल सरकारबाट स्थायी दरवन्दीपछि स्वतः हट्ने गरी तत्कालका लागि उहाँहरुले व्यवस्था गरेको अस्थायी दरवन्दीका ५१ जना शिक्षकको खर्चका लागि महानगरपालिकाले अनुदान दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी दुई दिन अघि नै भएको छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेँसी गाउँपालिकाको पुर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन–तीन करोड व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पुर्वाधार निर्माण, १५ वटा बेड र चार जना डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने प्रस्ताव राख्नुभएको थियो ।

Loading...