काठमाडौंको आकाशमा अत्यधिक वायुप्रदुषण, घर बाहिर ननिस्किन आग्रह

काठमाडौंमा उपत्यका एकाएक वायुप्रदुषण बढे पछि आखाँ पोल्ने महसुस सबैले गरेको छ । दिउँसो देखि एक्कासी आकास धमिलिदै प्रदुषणको मात्र अत्यधिक बढेपछि सरकारले घर बाहिर ननिस्किन सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै घरबाहिर नबस्न र केही दिन मर्निङ वाकमा ननिस्कन आग्रह गरेको हो ।

मन्त्रलायले प्रदूषणको मात्रा उच्च भएका कारण थप प्रदुषण उत्सर्जन गर्ने , धुवाँ उड्ने , सफाइका काम तथा व्यावसाय, निर्माण कार्य केहीदिन बन्द गर्न अपिल गरेको छ । वायु प्रदूषणले श्वासप्रश्वासमा गम्भीर समस्या निम्त्याउन सक्नेभन्दै मन्त्रालयले घर बाहिर निस्कनु परेमा जनस्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

Loading...