मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीका धारामा आइतवारदेखि छाड्ने

 

काठमाडौँ। बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौँ उपत्यका वासीका धारमा आइतवारदेखि छाड्ने तैयारी उपत्यका खानेपली लिमिटेड ( केयूकेएल ) गरेको छ। खानेपानी लिमिटेड खुमलटार ,मिनभवन ,महांकाल र मनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड पनि भरेर वितरण खोल्न लागिएको हो।
यसै गरि राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको उत्घाटन गर्ने भएको छ। भृकुटी मण्डपमा जडान गरिएको नया धाराको टुटी खोलेर राष्ट्रपति भण्डारीले मेलम्ची पनि उत्घाटन गरिने भएको छ।
आइतबार बात मेलम्ची उप-आयोजना निर्देशनालयले १५ चैत आइतवार  ४ करोड लिटर पानी छाड्ने तैयारी छ। दुइदिन पछि सुन्दरीजल र बालाजु बिडीएममा छाड्ने तैयारी गरिएको छ।

चैत्र १९ मा सुन्दरीजल पनि प्रशोधन केन्द्रबात मात्रै दैनिक साढे ६ करोड पानी छाडिने भएको छ। आगामी २१ मा पानीपोखरी र बाँसबारी ऒभरहेड ट्यांकीमा दैनिक ८ करोड लिटर पानी छाडेर त्यसै प्रणालीबाट पानि वितरण गरि सो क्षेत्रका उपभोक्ताका घरघरमा पानी आपूर्ति हुने भएको छ।
भक्तपुरमा दुइसाता पछि मात्र मेलम्ची पानी छाडिने जनाइएको छ।

राजधानी दैनिकमा आज यो खबर रहेको छ।

Loading...